२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्चस्तरीय लगानी सम्मेलनका लागि अर्थमन्त्री महत लन्डनमा

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महत लन्डन पुगेका छन् । मन्त्री महत लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको एक उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन शनिबार साँझ लन्डन पुगेका हुन् ।

हिथ्रो विमानस्थल टर्मिनल ४ मा उत्रिँदा मन्त्री महतलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र काँग्रेसको भ्रातृ सङ्गठन नेपाली जनसम्पर्क समिति बेलायतका पदाधिकारीले स्वागत गरेका थिए । मन्त्री महतका साथ नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सहभागी छन् ।

मंगलबार दिउँसो लन्डन म्यान्सन हाउसमा इमर्जिङ नेपालः अपरचुनिटिज फर इम्प्याक्ट इन्भेस्टमेन्ट एन्ड ट्रेड विषयक सम्मेलन हुँदैछ । बेलायत सरकारसँगको समन्वयमा दूतावासले लगानी सम्मेलन गर्न लागेको हो ।

मन्त्री महतले सम्मेलनका क्रममा ब्रिटिस लगानीकर्ता र विकास साझेदार कम्पनीहरूसमक्ष नेपालमा लगानीको वातावरण, कानुनी व्यवस्था, सरकारका प्रस्ताव र लगानीका सम्भावित क्षेत्र आदिबारे प्रस्तुति दिनेछन् ।

‘सम्मेलनको मुख्य उद्देश्य नेपालमा बढीभन्दा बढी लगानी भित्र्याउने वातावरण बनाउनु नै हो, मन्त्री महतले भने, ‘गैरआवासीय नेपालीलाई पनि नेपालमा लगानी गर्न अहिले सहज परिस्थिति छ । संविधानले नै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार दिएकाले उहाँहरूले अप्ठेरो मान्नु पर्ने अवस्था छैन ।’ महतले ब्रिटिस मन्त्रीहरूसँग समेत भेट्ने कार्यक्रम रहेको बताए । उनी १ नोभेम्बरमा नेपाल फर्कने कार्यक्रम छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले नेपालमा हाइड्रोपावर, पर्यटन जस्ता क्षेत्रमा लगानीको सम्भावना र अवसर धेरै रहेको बताए । ‘म आफैँ सानो व्यवसायबाट सुरु गरेर कर्पोरेट लेभलसम्म र महासङ्घको अध्यक्ष भएको छु । व्यवसायीलाई नेपालमा जस्तो अवसर अन्यत्र छैन, ’ढकालले भने ।

यसैबीच, मन्त्री महतको सम्मानमा राजदूतावास र जनसम्पर्क समिति बेलायतले क्रमशः सोमबार र आइतबार बेग्लाबेग्लै कार्यक्रम गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस