गरिबीको अन्त्यको आधार कृषि र वन पैदावार : मुख्यमन्त्री शर्मा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गरिबीको अन्त्यको आधार कृषि र वन पैदावार : मुख्यमन्त्री शर्मा


९ कार्तिक २०८०, बिहिबार


त्रिवेणी (रुकुमपश्चिम) । कर्णालीको गरिबी अन्त्य गर्न र समृद्ध बनाउने मुख्य आधार कृषि र वनपैदावर रहेको मुख्यमन्त्री राजकुमार शर्माले बताएका छन्।

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका-६ मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले कृषि र वनपैदावारबाट उद्योग सञ्चालन गरेर मात्रै कर्णालीको गरिबी अन्य गर्न सम्भव हुने बताए।

“त्यसका लागि भौगोलिक बनावट छुट्याएर व्यावसायिकरुपमा उत्पादन गर्ने किसानसँग हातेमालो गर्न लागेका छौँ र त्यसैका आधारमा खाका कोर्दैछौँ, कर्णालीमा भएको जडीबुटी, वन पैदावार, श्रम एकसाथ परिचालन गर्दैछौँ”,मुख्यमन्त्री शर्माले भने।

“बैङ्कले हामीलाई त्यति राम्रोसँग पत्याइराखेको अवस्था छैन, तिनै तहको सरकार मिलेर लघुवित्त बैङ्क निर्माण गरेर कम्तीमा किसानलाई नौ प्रतिशत व्याजमा ऋण प्रवाह गर्ने र किसानलाई उत्पादनमा लगाउने योजनाका साथ हामी अगाडि बढिरहेका छौँ, मलाई विश्वास छ, यो निर्णयमा सम्माननीय प्रधानमन्त्रीले यसको अनुमति दिनुहुनेछ र हामी अगाडि बढ्ने छौँ”, उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस