राष्ट्रपति पौडेलले भाउजुसँग टीका लगाउने, सर्वसाधारणलाई लागि ३ देखि ५ बजेसम्म  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति पौडेलले भाउजुसँग टीका लगाउने, सर्वसाधारणलाई लागि ३ देखि ५ बजेसम्म 


७ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजू विष्णुमाया पौडेलको हातबाट आज  विजया दशमीको टीका ग्रहण गर्ने भएका छन् । राष्ट्रपति पौडेलले बिहान ११ बजेर २ मिनेट जाँदा भाउजू विष्णुमायाको हातबाट टीका जमरा ग्रहण गर्ने भएका हुन् । 

भाउजूको हातबाट टीका जमरा लगाएपछि राष्ट्रपति पौडेलले परिवारका सदस्यहरूलाई टीका लगाइदिने कार्यक्रम छ । 

यसैबीच, राष्ट्रपति पौडेलले विशिष्ट व्यक्तिहरू र सर्वसाधारणलाई समेत टीका लगाई दिने कार्यक्रम छ । राष्ट्रपति कार्यालयमा दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

सर्वसाधारणलाई टीका लगाउनका लागि राष्ट्रपति भवनको प्रवेश द्वार नम्बर १ मा प्रवेशको व्यवस्था गरिएको र टीका ग्रहणका लागि मर्यादित पोसाकमा आउन समेत राष्ट्रपति कार्यालयले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस