२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री गाजामा मानवीय सहायता जारी राख्न सहमत

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गाजामा मानवीय सहायता जारी राख्न सहमत भएका छन्।

सोमबार बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिनबीच टेलिफोन वार्ता भएको छ। सो अवसरमा दुवै नेताहरूले गाजामा मानवीय सहायता र राहत सामग्रीको निरन्तर प्रवाह सुनिश्चित गर्न आवश्यक रहेको बताए।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति बाइडेनले नेतन्याहुलाई गाजा र वरपरको क्षेत्रका घटनाक्रमबारे छलफल गर्न सम्पर्क गरेका हुन्। छलफलका क्रममा दुवै जनाले गाजा क्षेत्रमा मानवीय सहयोगको निरन्तर प्रवाह हुने कुराको सुनिश्चितता गरे।

राष्ट्रपति बाइडेनले हमासद्वारा अक्टोबर ७ मा भएको आतङ्कवादी हमलापछि मानवीय सहायतालाई तीव्रता दिन पहल गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘मानवीय सहायताका प्याकेजहरू सहायता सिमाना पार गरी गाजामा पुगेको छ र आवश्यक परेका प्यालेस्टिनीहरूलाई वितरण गरिएको छ।’

साथै उनले दुई अमेरिकी बन्धकहरूलाई रिहा गर्न इजरायलले गरेको प्रयासको प्रशंसा गरेका छन्।

पारिवारिक स्रोतका अनुसार उनीहरू दक्षिणी इजरायलको किसान समुदाय नाहाल ओजमा आफन्तहरूलाई भेट्न गएका थिए। आमाको खराब स्वास्थ्यका कारण मानवीय आधारमा उनीहरूको रिहा गरिएको थियो।

साथै दुई नेताहरूले हमासद्वारा कब्जामा लिएका अमेरिकी नागरिकहरूसहित बाँकी सबै बन्धकहरूलाई अझ सुरक्षित बनाउने प्रयासहरू बारे छलफल गर्दै गाजाका अन्य नागरिकहरूलाई पनि सुरक्षित मार्ग उपलब्ध गराउने तरिकाबारे विचार आदानप्रदान गरेका छन्। दुबैजनाले पछिल्लो घटनाक्रमबारे निकट सम्पर्कमा रहिरहने बताइएको छ।

इजरायलले गाजा क्षेत्रमा हमास विरुद्ध आक्रमण जारी राखिरहेका बेला १४ ट्रक मानवीय राहतका सामग्रीहरू भरिएको रफाह क्रसिङ हुँदै सोमबार पट्टीमा प्रवेश गरेको सीएनएनले उल्लेख गरेको छ।

यी सहायता ट्रकहरू इजिप्टियन रेड क्रिसेन्ट र संयुक्त राष्ट्रसङ्घ द्वारा प्रायोजित रहेको बताइएको छ।

यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार गाजामा सहायताको आवागमनलाई सहजीकरण गर्ने कुरामा जोड दिएका थिए। उनले इजरायल र इजिप्टका सरकारहरूसँग लगनशीलताका साथ काम गरेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस