अर्थतन्त्र सबल बनाउनुपर्नेमा शङ्कर पोखरेलको जोड « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अर्थतन्त्र सबल बनाउनुपर्नेमा शङ्कर पोखरेलको जोड


४ कार्तिक २०८०, शनिबार


देउखुरी (दाङ) । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गरेका छन् । 

जिल्ला कमिटी दाङको आयोजनामा घोराहीमा शनिबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने बताए । 

दसैँ पारिवारिक मिलन र सद्भाव बढाउने पर्व भएकाले संस्कृति-परम्पराको  जगेर्ना गर्नु सबै नेपालीको दायित्व भएको महासचिव पोखरेलले बताए । सहर  र गाउँलाई दसैँले जोडेको उनले उल्लेख गरे। 

एक पृथक् प्रसङ्गमा महासचिव पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएका भन्दै राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डोर्‍याउने सबल राजनीति दल खोजेको बताए । 

कार्यक्रममा प्रतिनिधि सभा सदस्य मेनका पोखरेल, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तुलसीराम पुन, नेपाली काङ्ग्रेस दाङका सचिव अर्जुनकुमार योगीले पनि मन्तव्य व्यक्त गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस