दसैँमा मनकामना केबलकार बन्द हुने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दसैँमा मनकामना केबलकार बन्द हुने


४ कार्तिक २०८०, शनिबार


काठमाडौँ । मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ।

नवमी, दशमी र एकादशीका दिन केबलकार बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

उनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।

Tags :
प्रतिक्रिया दिनुहोस