दसैँमा खानेपानी संस्थानको उपहार नि:शुल्क खानेपानी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दसैँमा खानेपानी संस्थानको उपहार नि:शुल्क खानेपानी


४ कार्तिक २०८०, शनिबार


काठमाडौँ । बर्दिबास साना सहरी सरसफाइ तथा खानेपानी संस्थानले उपभोक्ताहरूलाई एक महिनाको लागी पानी उपहार दिने भएको छ ।

चाडपर्वको अवसर पारेर महिनाभरी  नि:शुल्क पानी उपलब्ध गराउने घोषणा गरेको हो ।

उपभोक्तासँग उठाएको १ महिनाको पैसा उपभोक्तालाई पानी निस् शुल्क प्रदान गरेर  फिर्ता गरिएको खानेपानी संस्थानका अध्यक्ष भुलन सेनले जानकारी दिए ।

कात्तिक ५ गते देखि मंसिर ५ गतेसम्म लागु हुने गरी त्यसको व्यवस्थापन मिलाइएको छ । दसैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरी नि:शुल्क पानी दिने योजनाअनुसार यो घोषणा गरिएको कोषाध्यक्ष शङ्कर फुयाँलले बताए ।

नि:शुल्क पानी पाइयो भन्दैमा त्यसको दुरुपयोग नगर्न भने खानेपानी संस्थानले सचेत गराएको छ तर निर्धारित समयावधि भित्र निर्धक्क भएर पानीको उपभोग गर्न सकिने उपभोक्ता समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस