नेपाल र जापानको खेल वर्षाले प्रभावित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल र जापानको खेल वर्षाले प्रभावित


४ कार्तिक २०८०, शनिबार


काठमाडौँ । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनल अन्तर्गत नेपाल र जापानको खेल वर्षाले प्रभावित भएको छ ।

मलेसियाको बायुमास ओभलमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको अवस्थामा खेल प्रभावित भएको हो ।

खेल स्थगित हुँदा नेपालले २५ ओभर खेल्दै २ विकेट गुमाएर १४० रन बनाएको छ । नेपालका लागि ओपनर दीपक बोहोराले ७९ रन बनाए भने अर्जुन कुमाल १० रनमा आउट भए । आकाश त्रिपाठी ३५ र देव खनाल १० रनमा अविजित छन् ।

जापानका कजुमा काटो स्टाफोर्ड र किफर यामामोटो लाकेले एकरएक विकेट लिएका छन् । अहिले वर्षा रोकिएको छ । ढाकिएको पिच खुला गरिएको छ ।  केही समयपछि खेल सुरु गर्ने तयारी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस