कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने काँग्रेसको निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने काँग्रेसको निर्णय


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर्णय गरेको छ। बुधबार बिहान प्रदेश पार्टी कार्यालयमा बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर्णय गरेको हो।

केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो ।

दलको बैठकमा संसदीय दलका नेता उद्धव थापाको राजीनामाको विषयमा पनि छलफल भएको थियो। तर कुनै निर्णय भएन । उनको राजीनामा स्वीकृत भएको छैन। शनिबार दलका नेता थापाले पदबाट राजीनामा दिएका थिए।

राजीनामा स्वीकृत नभएका कारण उनको अध्यक्षतामा बैठक बसेको हो। बैठक स्रोतका अनुसार केन्द्रीय सदस्य कार्कीले दलको नेतामा थापालाई नै निरन्तर दिने बताएका थिए। तर, दलको निर्णयपछि कार्यान्वयन गर्ने जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस