कोशीका मुख्यमन्त्री कार्कीलाई जसपा र राप्रपाले विश्वासको मत नदिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशीका मुख्यमन्त्री कार्कीलाई जसपा र राप्रपाले विश्वासको मत नदिने


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । उनले आज ११ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेका ३९ र कांग्रेसका ८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई राप्रपा र जसपाबाहेकका सबै दलले मत दिने भएका छन् ।

कार्कीले ९३ मध्ये ८५ सांसदको विश्वास छ भन्ने मत प्राप्त गर्नेछन् । नेपाली कांग्रेसका सबै सांसदलाई पक्षमा मत हाल्न पार्टीको केन्द्रीय समितिले पत्राचार गरेको छ । कांग्रेसका २९ सांसद छन् ।

नेकपा एमालेका ३९ सांसदले पनि कार्कीको पक्षमा मत हाल्ने कोशी प्रदेश प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिएका छन् ।

माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गर्ने भएको छ । पार्टीको प्रदेश कमिटीले यसबारे निर्णय गरेको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले बताए । माओवादी केन्द्रसँग १३ सांसद छन् ।

नेकपा एकीकृत समाजवादीले पनि कार्कीलाई मत दिने भएको छ । समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले यसबारे छलफल भएको बताए । समाजवादीका ४ सांसद छन् ।

राप्रपाले भने कार्कीलाई मत नदिने भएको छ । यसअघि नै बसेको राप्रपाको बैठकले कोशी सरकारबारे तटस्थ बस्ने निर्णय गरिसकेको छ । कोसी प्रदेशसभामा राप्रपाका ६ सांसद छन् । यता १ सांसद भएको जसपाले पनि मत नदिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस