नगर प्रहरी प्रमुख राजु पाण्डे एसएसपीमा बढुवा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नगर प्रहरी प्रमुख राजु पाण्डे एसएसपीमा बढुवा


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई एसएसपीमा बढुवा गरेको छ ।

हाल नगर प्रहरी उपरीक्षक (एसपी) रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका बैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्ने निर्णय गरेको हो । नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान अनुसार कार्यपालिका बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रस्ताव गरेका ३ जना एसपीको नाममध्ये पाण्डेको नाम एसएसपीमा सर्वसम्मतिले निर्णय गरेको हो । 

समितिले एक नम्बरमा पाण्डे, दुई नम्बरमा विष्णु जोशी र ३ नम्बरमा दिनेश अर्यालको नाम सिफारिस गरेको थियो । कार्यसम्पादन मूल्याङ्कन र वरियताको आधारमा पाण्डेको नाममा निर्णय गरेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस