शहरी विकास मन्त्रालयका सचिव वैद्यद्वारा पदभार ग्रहण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शहरी विकास मन्त्रालयका सचिव वैद्यद्वारा पदभार ग्रहण


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । सरजुकुमार वैद्यले शहरी विकास मन्त्रालयको सचिवका रूपमा पदभार ग्रहण गरेका छन् । गत २४ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले वैद्यलाई शहरी विकास सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : शहरी विकासमा सरजु कुमार वैद्य, थामिए गेलाल 

उनी यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको नेपाल ट्रस्टको कार्यालयमा सचिवका रूपमा कार्यरत थिए । मन्त्रालयमा हाजिर हुन पुगेका सचिव वैद्यलाई कर्मचारीहरूले स्वागत गरेका थिए ।

तत्कालीन सचिव रवीन्द्रनाथ श्रेष्ठ अनिवार्य अवकाशमा गएसँगै शहरीमा सचिव पद रिक्त थियो ।

मन्त्रालयमा पदभार ग्रहण गर्दै सचिव वैद्यले कर्मचारीहरुलई सरकारको नीति र कार्यक्रमअनुसार प्रतिबद्ध भएर काम गर्न निर्देशन दिए । उनले शहरी विकास मन्त्रालयको कार्यसम्पादनस्तर बढाउने गरी काम गर्न सबैको भूमिका महत्त्वपूर्ण हुने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस