नर्ससहित ६३ कर्मचारी थप्दै वीर अस्पताल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नर्ससहित ६३ कर्मचारी थप्दै वीर अस्पताल


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । वीर अस्पतालमा ६३ जना कर्मचारी थपिने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आइतबारको सिनेट बैठकले विभिन्न विभागका कर्मचारी थप्नका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

एक साताअघि मात्रै अस्पतालले १२१ जना करारका कर्मचारी हटाएको थियो । 

स्वीकृत दरबन्दी अनुसार ३० जना स्टाफ नर्स थपिने छन् । त्यस्तै, ईएनटी विभागमा एक, रेडियोग्राफर पाँच , एनेस्थेसिया सहायक पाँच, ल्याब टेक्निसियन पाँचजना थपिने जनाइएको छ । 

त्यस्तै, फार्मेसी सहायक, इलेक्ट्रिसियन, प्लम्बर चालक तथा सहायकसहित ६३ जनाको दरबन्दी स्वीकृत भएको हो । स्वीकृत दरबन्दीमा राखिने कर्मचारीलाई न्याम्सको आन्तरिक स्रोतबाट तलब दिइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस