महराका छोरा राहुललाई थुनामा पठाउन आदेश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महराका छोरा राहुललाई थुनामा पठाउन आदेश


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो ।

राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ ।

अदालतका अनुसार न्यायाधीश डण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो ।

राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने पाँच लाख रुपैयाँ धरौटी माग गरिएको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस