‘अन्य जहाजहरू आवश्यकता अनुसार पठाइने छ, कुनै चिन्ता छैन’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘अन्य जहाजहरू आवश्यकता अनुसार पठाइने छ, कुनै चिन्ता छैन’


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालीहरूको सुरक्षाका लागि इजरायल सरकारले सक्दो प्रयास गरेको बताएका छन् ।

२५४ जना नेपालीलाई लिएर त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग उनले इजरायल सरकारले आफ्ना नागरिकसँगै नेपाल र अन्य विदेशी नागरिकलाई सुरक्षित राख्न आवश्यक प्रयास गरेको पाएको बताए ।

उनले भने ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छु ।’

अहिले २ सय ५४ जना आएको र आवश्यक परे तत्काल अन्य विमान पठाउने र अन्य नियमित विमानबाट समेत फर्किन सक्ने वातावरण मिलाउन मन्त्रालयले गम्भीर भूमिका खेल्ने उने बताए । मन्त्रिपरिषद्ले व्यवसायीक फ्लाइटबाट आउनेहरूको टिकट खर्च व्यहार्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उनले भने, ‘अन्य जहाजहरू आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सजग छ, नेपाली दूतावासलाई निर्देशन गरिसकेको छ ।’

आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैँ विमानस्थल आए पनि आफू नपुग्दै फर्किनु परेको भन्दै पनि उनले सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस