राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ः३० बजे बस्नेछ ।

संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७९–८९को वार्षिक प्रतिवेदन’ सभा समक्ष प्रस्तुत गर्ने छिन् ।

रमेशजंग रायमाझीले राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने तथा प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सबन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा रहेको छ ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०’ बैठक समक्ष प्रस्तुत गर्नेछन् ।

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘विधान सम्बन्धी विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् ’ भन्ने प्रस्ताव प्रस्तुत गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस