२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान मास्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

समाजवादी जागरण अभियान अन्तर्गत आज १२ औँ दिन सुदूरपश्चिमको टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले धरान, सर्लाही र नेपालगञ्जका साम्प्रदायिक घटनाले त्यस्तो संकेत गरेको बताए । उनले भने, ‘सामाजिक सद्भावलाई भड्काउने केही कोसिस भइरहेको छ । त्यस्ता प्रयत्नहरूलाई हामीले असफल पार्नुपर्छ ।’

उनले जनताको बीचमा प्रेम, आपसी सद्भाव वृद्धि गर्नका लागि आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘यस्तो कुरामा सरकार सचेत रहोस् ।’

संसारको कुनै पनि व्यवस्था आफैँमा पूर्ण नहुने भन्दै व्यवस्थाको विकास र परिष्कारको क्रम निरन्तर रहने उनले बताए ।

उनले देशको सिमानाकाबारेमा संयमित भएर बोल्नु पर्ने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इङ्गित गर्दै उनले भने, ‘एक अर्को देशको राष्ट्रियता, अखण्डता र स्वाधीनताको सम्मान हुने गरी अभिव्यक्ति दिनुहोस् ।’

नेपालको संसदमा भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गरेको स्मरण गर्दै उनले भने, ‘जसरी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेर नेपालको संसदमा बोल्नुभयो, नेपाली जनताको मन जित्नुभयो, अब सिमानाका विषयमा पनि स्पष्ट हुनुहोस् ।’

अर्को प्रसङ्गमा अध्यक्ष नेपालले युवाहरूमा राजनीतिप्रति वितृष्णा सिर्जना हुने गरी भ्रम सिर्जना गरिएको बताउँदै एकीकृत समाजवादीले युवाहरूलाई समेट्दै अगाडि बढी रहेको र जागरण अभियानका क्रममा हजारौँ युवाहरूलाई समेटेको दाबी गरे । उनले भने, ‘युवाहरू निराश नहुनुहोस्, हामी छौँ, जनताको माझमा जाँदा सकारात्मक प्रभाव पाएका छौँ, युवाहरूको आकर्षण बढेको छ, अब निराश हुनुपर्दैन ।’

समाजवादी जागरण अभियानका क्रममा २६ असोज, शुक्रबारका दिन कैलाली जिल्लाका लम्की, सुख्खड, अत्तरिया हुँदै धनगढीमा विविध कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त अभियान २७ असोज, शनिबार कञ्चनपुर जिल्लाको पुनर्वास, झलारी हुँदै लालपुर र महेन्द्रनगरसम्म पुग्ने छ । अभियान २८ असोज, आइतबार सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा विविध कार्यक्रमसहित समापन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस