चार जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर, एकको सरुवा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चार जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर, एकको सरुवा 


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । चार जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको छ । 

२३ असोजको निर्णयअनुसार गृह मन्त्रालयले दोलखा, सर्लाही, बाँके र इलामका प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको हो । 

दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको सर्लाहीमा सरुवा गरिएको छ भने सर्लाहीमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई उठाएर बाँकेमा प्रमुख जिल्ला अधिकारी रहेका विपिन आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

गृहमा रहेका टुवाराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । 

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस