काठमाडौँ । स्थानीय तहका कर्मचारीहरूको आन्दोलनका कारण आज बुधवार दिउँसो काठमाडौँ माइतीघर क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै गएको १५ गतेदेखि माइतीघर मण्डलामा दैनिक आन्दोलन गर्दै आएका स्थानीय तहका कर्मचारीहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।
व्यक्ति हत्यामा दोषी ठहर भई सजाय काटिरहेका बाँकेका ‘रिगल’ भनिने योगराज ढकालको आममाफीको विरोधमा भएको प्रदर्शन भएको छ ।
दुई पक्षको आन्दोलनका कारण दिउँसो माइतीघरबाट बानेश्वर तथा थापाथली क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।