अख्तियार सुर्खेतद्वारा वार्षिक प्रतिवेदन पेश, कूल २० हजार ९०५ उजुरी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अख्तियार सुर्खेतद्वारा वार्षिक प्रतिवेदन पेश, कूल २० हजार ९०५ उजुरी


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले वार्षिक प्रतिवेदन पेश गरेको छ । बुधबार आयोगका कार्यालयका प्रमुख माधवप्रसाद पोखरेलले ३३ औँ वार्षिक प्रतिवेदन कर्णाली प्रदेश प्रमुख तिलक परियार समक्ष पेश गरेका हुन ।

प्रतिवेदन पेश गर्दै पोखरेलले आर्थिक वर्ष २०७९–०८० मा विभिन्न माध्यमबाट आयोगमा कूल २० हजार ९०५ उजुरीहरू परेका जानकारी दिए ।

साथै, अघिल्लो आर्थिक वर्षमा ७ हजार १६२ उजुरीहरू परेका थिए । जसमा कारबाही गर्नुपर्ने उजुरीहरू २८ हजार ६७ वटा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको प्रतिवेदनमा .उल्लेख छ ।

जसअन्तर्गत प्राप्त भएको उजुरीमध्ये आयोगको कार्यालय सुर्खेतमा अघिल्लो आर्थिक वर्षबाट ५३५ उजुरीहरू जिम्मेवारी सरी आएको र आर्थिक वर्ष २०७९–८० मा १ हजार ५६१ उजुरीहरू दर्ता भई कुल २० दशमलव ९६ उजुरी छानबिन तथा अनुसन्धानको क्रममा रहेकोका छन् ।

उक्त अवधिमा कुल १ हजार १५२ अर्थात् ५४ दशमलव ९६ प्रतिशत उजुरी प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएका छन् भने फर्छ्यौट भएकामध्ये ८८ वटा उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको र ४२९ उजुरी तामेली गरिनुका साथै ५ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ६३० उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारबाहीका लागि विभिन्न निकायमा लेखी पठाएको आयोगले जनाएको छ ।

यस्तै, प्रारम्भिक छानबिनको क्रममा रहेका ९४४ उजुरी चालु आर्थिक वर्ष २०६०–०८१ मा जिम्मेवारी सरेर आएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस