सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज तोलामा तीन सय रुपैयाँले बढेर एक लाख आठ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएका छन् ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस