सुदूरपश्चिम एमाले अधिवेशनको निर्वाचन तालिका सार्वजनिक, भोलि मतदान हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुदूरपश्चिम एमाले अधिवेशनको निर्वाचन तालिका सार्वजनिक, भोलि मतदान हुने


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । आज केही बेर अघि सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार भोलि साँझ ५ बजे मतदान हुने छ । 

आज राति ८ बजेबाट उम्मेदवारको दर्खास्त फारम वितरण गरिने छ । भोलि बिहान ७ बजे बाट फारम दर्ता गर्ने अन्य निर्वाचन गतिविधि अगाडि बढाइने छ । 

हिजो (आइतबार) उद्घाटन समारोह सकिएको थियो । अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिए पनि त्यो सफल हुन सकेको छैन ।

अध्यक्षमा अछामका कृष्ण प्रसाद जैसी, अछामकै कमल तिमिल्सिना र कञ्चनपुरका वचन सिंहले दाबी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस