उद्योगमन्त्रीको घोषणा-उपभोक्ता ठगिए तत्काल पदबाट राजीनामा दिन्छु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उद्योगमन्त्रीको घोषणा-उपभोक्ता ठगिए तत्काल पदबाट राजीनामा दिन्छु


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्ता ठगिने काम भए तत्काल पदबाट राजीनामा दिने बताएका छन् ।

उपभोक्तामाथि ठगी गर्ने खालको कुनै पनि काम आफूबाट हुनै नसक्ने उनको दाबी छ ।

सोमबार संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आफूले उपभोक्ताको नाममा बदमासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिनेसमेत बताए।

मन्त्री रिजालले चाडपर्वका बेलामा पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा त्यसमा सुधार गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे।

उनले कालो बजारी गर्नेहरूलाई सोहीअनुसारको दण्ड सजायको व्यवस्था गर्न कानूनकै अभाव रहेको गुनासोसमेत गरे। मन्त्री रिजालले उपभोक्ताहरूमाथि ठगी गर्नेहरूलाई गरिएको दण्डसजाय असुली गर्न सरकारसँग कुनै मेकानिजम नै नभएको पनि बताए।

बैठकमा बोल्दै सत्तारुढ दलका सांसदहरुले नै चाडपर्वलाई ध्यानमा राखेर सरकारले आम उपभोक्तामा हित हुनेगरी आवश्यक व्यवस्था मिलाउन नसकेको गुनासो गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस