इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि राष्ट्रिय शोक*को घोषणा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि राष्ट्रिय शोक*को घोषणा


२२ आश्विन २०८०, सोमबार


काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मङ्गलवार ‘राष्ट्रिय शोक’ को घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि सार्वजनिक विदा भनिएपनि सरकारले विदा नदिएको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले प्रष्ट पारेकी छिन् ।

त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।

बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बङ्करमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।

*यसअघि बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक बिदा दिने कि भन्ने विषयमा छलफल भएकोमा एक मन्त्रीले दिएको सूचना अनुशार भोलि सार्वजनिक बिदा दिइएको समाचार प्रकाशित गरिएकोमा सच्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस