इजरायलका नेपालीबारे गृहमन्त्री श्रेष्ठद्वारा चासो व्यक्त « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

इजरायलका नेपालीबारे गृहमन्त्री श्रेष्ठद्वारा चासो व्यक्त


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा रहेका नेपालीको अवस्थाप्रति चासो व्यक्त गरेका छन् ।

शनिबार प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच भिडन्त भएपछि त्यहाँ रहेका नेपालीको अवस्थाप्रति मन्त्री श्रेष्ठले चासो व्यक्त गरेका हुन् ।

श्रेष्ठले आइतबार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत ह्यानन गदरलाई सम्पर्क गरी फसेका नेपालीको अवस्था र उद्धारबारे जानकारी लिएका हुन् ।

गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै मन्त्री श्रेष्ठले उनीहरू र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिएका हुन् ।

नेपाली राजदूत रिजालले घाइते एवम् युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्धारको पहल गर्ने काम भइरहेको बताए । त्यस्तै इजरायली राजदूत गदरले नेपालीहरूलाई युद्धको प्रभाव पर्न नदिन गम्भीर सचेतता अपनाइने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस