मेटमणि चौधरीको दाबी : कुनै पनि काण्डमा नमुछिएका नेता हाम्रो पार्टीमा छन्, जनता उत्साहित छन् « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मेटमणि चौधरीको दाबी : कुनै पनि काण्डमा नमुछिएका नेता हाम्रो पार्टीमा छन्, जनता उत्साहित छन्


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको जागरण यात्राको क्रममा दाङमा कार्यक्रम गरिने भएको छ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतका नेता कार्यकर्ताको टोली आउन लागेको पार्टीका नेता तथा प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए।

आइतबार घोराहीमा पत्रकार सम्मेलन गरेर समाजवादी जागरण यात्राको क्रममा जिल्लामा हुने कार्यक्रमबारे जानकारी गराइएको हो।

असोज २२ गते बेलुका ४ बजे भालुबाङमा कार्यक्रम गरिपछि ५ बजे लमहीमा कार्यक्रम गरिने बताइएको छ।

यस्तै, २३ गते घोराहीमा सभा गर्ने जानकारी गराइएको छ।

‘माघ महिनामा राष्ट्रिय महाधिवेशन हुँदै छ। त्यस अधिवेशनको नीति तथा कार्यक्रम बनाउन समाजवादी जागरण अभियान चलाइरहेको हो’, नेता चौधरीले भने, ‘यो देशमा कतै दाग नलागेको व्यक्ति माधवकुमार नेपाल, झलनाथ खनाल रहेको कुरा जनताबाट आएको छ। बेदाग नेताहरू हाम्रो पार्टीमा हुनुहुन्छ। जनताहरू उत्साहित भएको पाएका छौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस