साउदी उडेको नेवानिको जहाज फिर्ता आएको घटनामा दुई म्यानेजरलाई कारबाही  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

साउदी उडेको नेवानिको जहाज फिर्ता आएको घटनामा दुई म्यानेजरलाई कारबाही 


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेपालबाट साउदीको दमाम जान उडेको नेपाल एयरलाइन्सको आरए २४१ जहाज पाकिस्तानको आकाशमाथिबाट नेपाल फिर्ता भएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका दुइ म्यानेजरलाई ग्राउण्डेड (ड्युटी अफ) गरेको छ ।

जहाजको आसपास अर्को जहाज भए नभएको बारे चेतावनी दिने प्रणाली (टीसीएएस)मा प्राविधिक समस्या आएपछि यो जहाज काठमाडौँ फिर्ता गर्नु परेको थियो ।

यो घटनामा नाइनएन-एकेएक्स जहाजको मर्मतमा संलग्न ड्युटी मेन्टिनेन्स म्यानेजर र निगमको कन्टिनियुङ एयरवर्दिनेस (सीए) म्यानेजरलाई काममा रोक लगाइएको छ ।

यो कारबाही प्राधिकरणले अर्को निर्णय नगरेसम्म लागु हुने समेत बताएको छ । यो घटना गत राति भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस