काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा पुगेर राजदूत अन्सारीले प्रधानमन्त्री ‘प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेटमा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।