काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेको छ ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्यमा तोलामा ३० रुपैयाँले घटेर चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।