बिद्युत प्राधिकरण ईनरुवा वितरण केन्द्रका फोरमेन महतोविरुद्ध भ्रष्ट्राचार मुद्दा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बिद्युत प्राधिकरण ईनरुवा वितरण केन्द्रका फोरमेन महतोविरुद्ध भ्रष्ट्राचार मुद्दा


१६ आश्विन २०८०, मंगलबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बिद्युत प्राधिकरण ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरमेन (चौथो तह) विर्जु कुमार महतोविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

उद्योगमा बिद्युत् क्षमताबृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा महतोविरुद्ध मुद्दा दायर गरिएको हो ।

महतोलाई सेवाग्राहीबाट पच्चीस हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा २०८० साल भाद्र १९ गते नियन्त्रणमा लिइएको थियो।

अख्तियारका अनुसार भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गतको कसुरमा महतोलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा पच्चीस हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरीएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस