अख्तियारमा एक वर्षमा २० हजार उजुरी, १८ हजारभन्दा बढी फर्स्योट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अख्तियारमा एक वर्षमा २० हजार उजुरी, १८ हजारभन्दा बढी फर्स्योट


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७९/८० मा २० हजार भन्दा बढी उजुरी परेको छ । गत वर्ष दर्ता भएका र पुराना गरी अख्तियारले १८ हजारभन्दा बढी उजुरी फर्स्योट गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा १८ हजार ७९९ वटा उजुरीको स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्स्योट गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

आयोगले आफ्नो ३३ औँ वार्षिक प्रतिवेदन सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । सो प्रतिवेदनका अनुसार आयोगमा आर्थिक वर्ष २०७९/८० मा २० हजार ९०५ उजुरीहरू परेका थिए । अघिल्लो आर्थिक वर्ष २०७८/७९ बाट ७ हजार १ सय ६२ उजुरीहरू सरेर आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस