अब रवि लामिछानेको भाष्य बोल्न छुट छैन : रामकुमारी झाँक्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अब रवि लामिछानेको भाष्य बोल्न छुट छैन : रामकुमारी झाँक्री


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले अब आफूहरूलाई रास्वपा सभापति रवि लामिछानेको भाष्य बोल्ने छुट नभएको बताएकी छन् ।

इटहरीमा आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै उनले सानो भए पनि आफ्नो पार्टी राज्यको शक्ति भएको दाबी गरिन् ।

झाँक्रीले भनिन्, ‘हामीलाई अब रवि लामिछानेको भाष्य बोल्न छुट छैन । सानो पार्टी भए पनि हामी राज्यको जिम्मेवार शक्ति हौँ । अब हामी संवैधानिक कुरा गर्छौँ । संविधानमा सङ्कट आयो भने हामीले बचाउनुपर्छ, भन्छौँ ।’

उनले कोशी प्रदेश सरकार गठनमा पनि अब विवेकपूर्ण रूपमा कदम चाल्नुपर्ने बताइन् । अहिलेको सङ्कट एकातिर राखेर ५० वर्षपछिको कुरामा हिँड्न नहुने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस