तीन सहसचिवसहित ३३ कर्मचारीको सरुवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तीन सहसचिवसहित ३३ कर्मचारीको सरुवा


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेपाल सरकारका तीन जना सहसचिवसहित ३३ जना कर्मचारीको सरुवा गरिएको छ । शहरी विकास मन्त्रालयले मातहतका कार्यरत उपमहानिर्देशकसहित उपसचिव र अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको हो । साता दिन अघि नै सरुवा गरिएको भए पनि पत्र भने ढिलो गरी बाँडिएको छ । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक नारायण प्रसाद भण्डारीलाई विभागकै शहरी विकास महाशाखासहित फोहोरमैला व्यवस्थापन आयोजना, कार्यान्वयन इकाईसमेत हेर्ने गरी जिम्मेवारी दिइएको छ भने भवन महाशाखा र विशेष भवन निर्माण आयोजना समन्वयका मचाकाजी महर्जनलाई विभागकै आवास महाशाखासहित विशेष भवन निर्माण आयोजना समन्वयन कार्यालयकोसमेतको जिम्मेवारी दिइएको छ । विभागकै आवास महाशाखा हेर्ने प्रकीर्ण तुलाधरलाई भवन महाशाखा प्रमुख बनाइएको छ । 

यसैगरी सिडिईहरु महेश प्रसाद यादवलगायत इन्जिनियर र शाखा अधिकृतहरूको पनि सरुवा गरिएको छ । प्राविधिकहरूको बाहुल्यता रहेको शहरी विकास मन्त्रालय पछिल्लो समय निकै ‘क्रोनिक’ र भवन निर्माणका ठेक्कापट्टा तथा कन्सल्टेन्सी र करारका कारण बदनामितसमेत छ । निर्माण कार्यमा परिकल्पनादेखि सम्पन्नसम्मै कमिसनमा चुर्लुम्मै डुब्ने माथिल्ला तहका कर्मचारी तथा मातहतका निकायहरूबाट सम्पन्न भएका आयोजनाहरुको गुणस्तर पनि घाम जत्तिकै छर्लङ्ग छ । 

लागत मूल्य र व्यवस्थापन अडिट गर्ने हो भने हालसम्मका कामहरू के कति कसरी भएका रहेछन् भन्ने आँकडाले त जिब्रो टोक्नु पर्ने अवस्था रहेको अधिकारीहरू बताउँछन् । नेपाल सरकार तथा दातृ निकायहरूको सहयोगमा सञ्चालित ठुला आयोजनाहरूमा जानकै लागि निकै ठुलो रस्साकस्सी सरुवाका बेला चल्दै आएको छ । 

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस