नासु प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा प्रतिकूल बकपत्र गर्नेविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नासु प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा प्रतिकूल बकपत्र गर्नेविरुद्ध मुद्दा दायर


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा प्रमोद पाण्डे प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका देव बहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ । 

प्रतिकूल बकपत्र गरेको आरोपमा वैदेशिक रोजगार विभाग बुद्वनगर काठमाडौँका नासु पाण्डेले घुस–रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रूपमा विशेष अदालतमा पेस गरिएका दैलेखको नैमुले गाउँपालिकाका थापाविरुद्ध मुद्दा दायर गरिएको हो । 

अनुसन्धानका क्रममा सरकारी साक्षीको रूपमा पेश गरिएकोमा थापाले विशेष अदालत काठमाडौँसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको अख्तियारको दाबी छ । 

थापाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम भ्रष्टाचारजन्य कसुर भएकोले उनलाई तीस हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी उक्त बिगोसमेत जफत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस