हिमालयन रि-इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

हिमालयन रि-इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ । हिमालयन रि-इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् ।

कम्पनी सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्रशेखरनको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

पौडेलाई सीईओ नियुक्त गर्ने प्रस्ताव बीमा प्राधिकरणमा पठाएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पौडेललाई सीईओ नियुक्त गर्न प्राधिकरणमा पत्राचार भएको भएपनि प्राधिकरणले कुनै निर्णय नगरेको बताइएको छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनीको सीईओ भइसकेकी पौडेल हाल हिमालयन रि-इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस