जसपाद्वारा महिला सांसद सम्मानित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

जसपाद्वारा महिला सांसद सम्मानित


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना प्रतिनिधि सभाको महिला सांसद र प्रदेश सभाको सदस्यलाई सम्मान गरेको छ । 

पार्टीको सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समाजवादी महिला सङ्घ नेपाल केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरेका हुन् । 

पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारी अनुसार यसरी सम्मानित हुनुहुनेमा  सांसद सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जुकुमारी ठाकुर, र मञ्जु शर्मा अन्सारी हुनुहुन्छ । यसैगरी   राष्ट्रिय सभाका सांसद प्रमिला यादव तथा प्रदेश सभाका सदस्य निर्मला तावा, सुरिताकुमारी साह, किरणकुमारी साह, शोभा देवी, ललिता दास, साहिदा खातुन, ममतादेवी मण्डल, अम्बिका काफ्लेसहित १३ सांसदलाई रहेका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस