नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त


१३ आश्विन २०८०, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघको अध्यक्षमा सुर्खेतका लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् ।

यसअघिको कार्य समितिका म्याद सकिएर स्वतः विघटन भएकोले संघको अध्यक्षमा विश्वकर्मालाई नियुक्त गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विधान बमोजिम नयाँ नेतृत्व मनोनयन गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस