ईश्वर पोखरेलले भने-प्यानल बनाएर निर्वाचनमा गए सैह्य हुँदैन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ईश्वर पोखरेलले भने-प्यानल बनाएर निर्वाचनमा गए सैह्य हुँदैन 


१२ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले मिशन ८४ मा लागेकाले समितिमा नेतृत्व चयन गर्नु पर्ने बताए ।

उनले उनले सहमतिमा नेतृत्व चयन नभए मित्रवत् प्रतिस्पर्धा गर्न निर्देशन गरे । उनले प्यानल वाईज निर्वाचनमा गए नेतृत्वले नसहने बताए ।

अहिलेको अवस्थामा पार्टी नेतृत्वको निर्देशन अटेर गरेर लागे हिजोको दिनमा योगदान गरेको थियो भन्ने बिर्सने बताए । उनले पार्टी भित्रको सङ्गठनात्मक अराजकता हटाउनु पर्ने बताए । उनले दक्षिणपन्थी अवसरवाद पनि चुनौतीको रूपमा आएको बताए ।

एमालेलाई चौतर्फी घेराबन्दी भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस