सहसचिव शेरजङ्ग कार्कीको निधन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सहसचिव शेरजङ्ग कार्कीको निधन


१२ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ।

५२ वर्षीय कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको थियो।

ओखलढुङ्गाका कार्की राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत थिए। सहसचिव कार्कीको निधन भएको अस्पताललाई उद्धृत गर्दै राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस