एमाले बागमती उम्मेदवारको क्लष्टर हेरफेर « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एमाले बागमती उम्मेदवारको क्लष्टर हेरफेर


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । च्यासलमा जारी नेकपा एमाले बागमती प्रदेश कमिटीको अधिवेशनअन्तर्गत उम्मेदवारहरूको क्लष्टरमा हेरफेर गरिएको छ । अध्यक्षमण्डलको आज बिहान बसेको बैठकले यसअघिको क्लष्टर हेरफेर गर्दे पुनः नयाँ क्लष्टर सार्वजनिक गरेको हो ।

यसअघि दुई उपसचिवमा एक महिला अनिवार्य भनिएकोमा अब उपसचिवमा महिला अनिवार्य गरिएको छैन । प्रदेश खुलामा १७ सदस्य निर्वाचित हुने यसअघि व्यवस्था गरिए पनि अहिले हटाएर जम्मा १६ मात्रै कायम गरिएको छ ।

काठमाडौँ उपत्यकामा यसअघि खुला सदस्यमा ६ मात्रै कायम भएकोमा अब बढाएर ९ पुर्‍याइएको छ । त्यस्तै प्रदेशमा घटाएर ५ मात्रै बनाइएको छ ।

काठमाडौँ उपत्यकाका लागि ४ युवामा २ महिला अनिवार्य भनिएकोमा अब एक मात्रै गरिएको छ । निर्वाचनलाई सहज बनाउनका लागि अध्यक्षमण्डलको तर्फबाट स्थायी कमिटी सदस्य शेरबहादुर तामाङलाई तोक्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस