अख्तियारद्वारा भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अख्तियारद्वारा भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदन


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेषबाट विभिन्न मितिमा भएका फैसला मध्ये गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार पेशल कुमार पोखरेल, रामकुमार पौड्याल, फलेन्द्र डि.सी., दोर्ण प्रसाद रजौरे, टेक बहादुर डाँगी (क्षेत्री), कृष्ण बहादुर घर्ती, खल बहादुर चलाउने, कर्ण बहादुर रावत, डम्बर बहादुर पुन, निमा कुमारी बिक र गजु बाबु श्रेष्ठ प्रतिवादी रहेका छन् । जस मध्ये श्रेष्ठको निधन भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस