आर्थिक सङ्कटले चुनावको आश्वासन अनुसार काम गर्न सकेनौँ : कार्यवाहक प्रधानमन्त्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आर्थिक सङ्कटले चुनावको आश्वासन अनुसार काम गर्न सकेनौँ : कार्यवाहक प्रधानमन्त्री


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिएको दाबी गरेका छन्। बुधवार वीरेन्द्रनगरमा पत्रकारहरूसित कुराकानी गर्दै उनले सरकारको पहिलो प्राथमिकता सुशासन भएको बताए ।

उनले भने, ‘सहज पहुँच, कृत्रिम कालोबजारीलाई सरकारले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कार्यान्वयन भएको छ । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएको उपलब्धि कर्णाली करिडोर चीन सरकारले बनाउने निर्णय भएको छ। विकास निर्माणका कार्यमा सङ्घ प्रदेश र स्थानीय तहले समन्वय गरेर अगाडि बढेको छ ।’

उनले बजेट कार्यान्वयनका प्रक्रियालाई छिटो, छरितो, सरल बनाउनका लागि हुने ढिलासुस्तीलाई सुधार्दै अगाडि बढाउनेबारे पनि सरकार गम्भीर रहेको बताए ।

साथै, सुर्खेत विमानस्थलको विमानस्थलको धावन मार्गको लाइट, टावरका लागि बजेट व्यवस्थापन गरेको समेत जनाए । उनले मदन भण्डारी राजमार्गको बडिचौर बेनिघाटका सडक विस्तारको प्रक्रिया अगाडि बढेको बताए ।

उनले भने, ‘चुनावको समयमा बजेट कार्यान्वयनको विषयमा जनता माझ आश्वासन दिएका थियौँ, देशमा आर्थिक सङ्कट भएकाले प्रतिबद्धता अनुसार अघि बढ्न सकेनौँ ।’

उनले सङ्घ, प्रदेशको कानुन निर्माणमा समस्या आएको बताउँदै सरकार त्यसतर्फ केन्द्रित भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस