संघीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : कार्यवाहक प्रधानमन्त्री खड्का « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संघीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : कार्यवाहक प्रधानमन्त्री खड्का


१० आश्विन २०८०, बुधबार


अवरुद्ध राजमार्ग तत्काल सञ्चालनको व्यवस्था मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ भएर लागि परेको बताएका छन्।

उनले संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको बताउँदै निजामती कर्मचारी ऐन र संघीय प्रहरी ऐन संसदमा दर्ता गर्ने तयारी सरकार रहेको बताए।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्न सरकार दृढ भएर लागिपरहेको छ,’ खड्काले भने, ‘संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको छ, सम्बन्धित मन्त्रालयले निजामती र प्रहरी ऐन तयारी गरेर संसदमा दर्ता गर्ने तयारी गरिरहेका छन्।’ उनले संघीय सरकारले कानुन नबनाउँदा सङ्घीयताको अनुभूति नागरिकले प्रत्यक्ष गर्न नसेको बताउँदै वर्तमान सरकार सङ्घीयता कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए।

खड्काले सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिन गरेर काम गरिरहेको बताए। केही दिनभित्रै सुशासन सम्बन्धी कार्यक्रम घोषणा गर्न लागिएको उनको भनाइ छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण सफल भएको उनले बताए। ‘चीनसँग भएका सहमति र सम्झौताहरू देशको हितमा छन्, खड्काले भने, ‘प्रधानमन्त्रीले गर्नु भएको सहमति सबै ‘गठबन्धनको सहमति हो।’ उनले विकास-निर्माणका सन्दर्भमा देखिएका कानुनी अड्चनहरुलाई हटाउन केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढेको बताए।

रक्षामन्त्री खड्काले सुर्खेत विमानस्थल विस्तारमा सबैको साथ र सहयोग हुन आवश्यक रहेको बताए। प्रभावित क्षेत्रका जनतालाई साथमा लिएर विमानस्थल विस्तार गर्नुपर्ने उनको भनाई छ।

Tags :
प्रतिक्रिया दिनुहोस