प्रधानमन्त्री दाहाल र सीपीसी पोलिटब्यूरो सदस्य जीयाजुनबीच भेटवार्ता « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री दाहाल र सीपीसी पोलिटब्यूरो सदस्य जीयाजुनबीच भेटवार्ता


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ। चीन भ्रमण रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य समेत रहेका छोङछिङ नगर कमिटीका अध्यक्ष युयान जीयाजुनबीच भेट भएको छ ।

भ्रमणको चौँथो दिन राजधानी बेइजिङबाट छोङछुङ प्रस्थान गरेका ‘प्रचण्ड’ र सीपीसी पोलिटब्यूरो सदस्य युयानबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सको अवलोकन भ्रमण गरेका छन् । प्रधानमन्त्रीलाई छोङछिङस्थित एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सका पदाधिकारीले स्वागत गरेका थिए ।

त्यहाँ प्रधानमन्त्री ‘प्रचण्ड’ले वैज्ञानिक एवं आधुनिक कृषि प्रणालीबारे जानकारी लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस