महासमिति बैठक तयारी गर्न काँग्रेसद्वारा चार वटा समिति गठन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

महासमिति बैठक तयारी गर्न काँग्रेसद्वारा चार वटा समिति गठन


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले मंसिरमा हुने महासमिति बैठक तयारीका लागि चार वटा समिति गठन गरेको छ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिएको जानकारीअनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय सोमबारको केन्द्रीय समिति बैठकले गरेको छ।

साथै उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रस्ताव तयारी समिति गठनको निर्णय भएको छ।

महामन्त्री गगन थापाको नेतृत्वमा सङ्गठन र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा राजनीतिक प्रस्ताव समिति गठन भएको उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस