वार्तामा बोलाउँदा आउनु भएन, राजनीतिक स्वार्थ जोडिएको हुनसक्छ : बालेन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

वार्तामा बोलाउँदा आउनु भएन, राजनीतिक स्वार्थ जोडिएको हुनसक्छ : बालेन


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आन्दोलनरत अभियन्तालाई संवादमा बोलाउँदा आउन नखोजेको बताएका छन् ।

आज सामाजिक सञ्जालमा मार्फत सो सो जानकारी गराएका हुन् । आन्दोलनको विषय र समस्याको बारेमा जानकारी लिन बोलाउँदा संवादमा नआएको उनले बताएका छन् । मेयर बालेनले सोमबार सामाजिक सञ्जालमा लेख्दै वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ? भन्दै प्रश्न गरेका छन् ।

“विगत केही दिनदेखि केही अभियन्ताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ । यहाँहरूको कुरा र समस्या सुनौँ भन्दा अभियन्ताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौँ, सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ?” उनले लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस