‘प्रचण्ड’विरुद्धको मुद्दामा २८ मंसिरमा निर्णय सुनाउने सर्वोच्चको तयारी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

‘प्रचण्ड’विरुद्धको मुद्दामा २८ मंसिरमा निर्णय सुनाउने सर्वोच्चको तयारी


७ आश्विन २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतले २८ मंसिरमा निर्णय सुनाउने भएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले सात वर्ष पुरानो मुद्दामा आइतबार निर्णय सुनाउने मिति तोकेको हो ।

द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा आइतबार दुवैतर्फको बहस सकिएको छ । बहस सकिएपछि इजलासले २८ मंसिरमा निर्णय सुनाउने भनी आदेश दिएको हो । उनीमाथिको आरोप ठहर भएमा अदालतले कैद वा जरिवानाको प्रस्ताव सहित उनलाई माफी माग्ने अवसर दिन सक्नेछ । आरोप पुष्टि नभए निवेदन खारेज हुन्छ ।

२०७३ वैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा माओवादी कार्यकर्ताको भेलामा ‘प्रचण्ड’ले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको भनी अभिव्यक्ति दिएका थिए । माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिउँसै रात पार्ने प्रपञ्च भएको भन्दै उनले आक्रोश पोखरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस