सत्तापक्षका प्रस्ताव बोकेर एमाले नेता ओली भेट्न बालकोटमा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सत्तापक्षका प्रस्ताव बोकेर एमाले नेता ओली भेट्न बालकोटमा 


७ आश्विन २०८०, आइतबार


काठमाडौँ । सुन तस्करी प्रकरणमा छानबिन गर्ने न्यायिक समितिलाई दिइने कार्यादेशबारे सत्तापक्षले तय गरेका प्रस्ताव बोकेर एमाले नेताहरू अध्यक्ष केपी शर्मा ओली निवास बालकोट गएका छन् । गृह मन्त्रालयमा आइतबार दिउँसो भएको छलफलमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र सचेतक महेश बर्तौला सहभागी थिए । 

सुन तस्करी सम्बन्धमा छानबिनका लागि गठन गर्ने समितिको कार्यादेश के हुने भन्ने विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक बसेको थियो । उक्त बैठकमा सत्तापक्षबाट कानुन परिवर्तन गर्नुपर्ने भएमा त्यसका लागि सुझाव पेस गर्ने, राज्यका संरचना परिवर्तन गर्नुपर्ने भए सुझाव पेस गर्ने र प्रहरीको सीआईबीले सुन तस्करीबारे दिएका प्रतिवेदन अध्ययन गर्ने कार्यादेश दिनुपर्ने प्रस्ताव पेस गरेका थिए ।

यी प्रस्तावमाथि एमालेको आधिकारिक धारणा के हुने भन्ने विषयमा छलफल गर्नका लागि पौडेल र बर्तौला बालकोट गएका हुन् ।

बैठकमा काँग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रबाट प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए । समिति गठनबारे सकारात्मक छलफल भएको लेखक र बर्तौलाले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस