सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित


७ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ ।

आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढेन ।

न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् ।

सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् ।

उक्त मुद्दाको पेसी अब कहिले तोकिन्छ भन्ने टुङ्गो छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस