पाकिस्तानसँग नेपाल पराजित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पाकिस्तानसँग नेपाल पराजित


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । यू-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो ।

पाकिस्तानले ७५ औँ मिनेटमा गोल गरेको थियो । अलि जाफरले टाढाबाट गरेको प्रहार कप्तानसमेत रहेका किपर जियारथ शेखले भेट्नै नसक्ने गरी पोस्टको माथिल्लो कुनाबाट गोल भएको थियो ।

नेपालले अब सोमबार मालदिभ्ससँग खेल्ने छ । त्यसअघि शनिबार पाकिस्तान र माल्दिभ्सले खेल्ने छन् ।

यसअघि आजै भएको समूह बीको खेलमा भारतले बङ्गलादेशलाई ३-० ले हराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस